×

वीरगञ्ज, ९ माघ ।  सर्जक राजेन्द्र प्रसाद कोइरालाको ‘म शब्द’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतकार कोइरालाको जीवनरुपी शब्दलाई विकास चौधरीले संगीत र लोकप्रिय गायक सुगम पोख्रेलको आवाजले सुनमा सुगन्ध थपिदिएको छ । 

गायक पोख्रेलकै युट्युब च्यानलमार्फत सार्बजनिक गीतको म्युजिक भिडियोलाई सञ्जय हमालले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा कमल सिंह र बिनु शाक्यले अभिनय गरेका छन् भने छोटो भूमिकामा सर्जक कोइराला आफै पनि देखिएका छन् ।

अवेश बज्राचार्यले छायांकन र मेधब बेलबासेले इडिट गरेको भिडियोको निर्देशन प्रहील कार्कीले गरेका छन् । उक्त भिडियोमा देखाइएबमोजिम एकजना युवकले धेरै दिनदेखि मनका कुरा आफुलाई मन पर्ने युवतीसामु व्यक्त गर्न नसक्दा कोइरालाको शब्द कोशेढुंगा साबित भएको पाइन्छ ।

खासमा शब्दको महत्व धेरै हुन्छ र शब्दमार्फत पनि धेरै कुरा गर्न सकिन्छ भन्ने सन्देश यस गीतबाट दिन खोजिएको गीतकार कोइराला बताउँछन् । कोइराला वीरगञ्जस्थित ज्ञानदा एकेडेमीका प्रबन्ध निर्देशक हुन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top