×

वीरगञ्ज, ९ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी धुम्बाराहीस्थित आफ्नो निवासमा सोमबार बिहान साढे ९ बजे पदाधिकारीको बैठक बोलाएका हुन् । समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।


यहि माघ १५ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने तयारी गर्दै गर्दा संस्थापन इतर समूहले दवाव बढाउने रणनीति लिएपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाएको बुझिएको छ । बैठकमा भ्रातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने भएको छ ।

कांग्रेसमा अहिले १३ जना पदाधिकारी रहेका छन् ।

Back to top