×

वीरगञ्ज, ८ माघ । वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखाले बजार मूल्यभन्दा बढी बिल बनाएर स्वास्थ्य सामग्री खरिद गरेको खुलासा भएको छ । महानगरका ३२ वटै वडाका स्वास्थ्य चौकीलाई उपलब्ध गराउने गरी महाशाखाले खरिद गरेका विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरु बजार मूल्यभन्दा दोब्बर भन्दा बढी बिल बनाएको पाइएको हो । 

बजारमा १६ रुपैयाँ पर्ने सानो डिटेल साबुनलाई २३ रुपैयाँको दरले खरिद गरिएको बिल बनाइएको छ । स्वास्थ्य चौकीमा लगाउनका लागि बजारमा २ सय ६५ रुपैयाँमा पाइने ताल्चालाई ४ सय ५२ रुपैयाँका दरले खरिद गरिएको छ । 

बजारमा २० रुपैयाँमा पाइने कपडा धुने साबुन ३७ रुपैयाा १६ पैँसाका दरले खरिद गरिएको पाइएको छ भने बजारमा ४ सय रुपैयाँका दरले पाइने बेडशिटलाई ७ सय १६ रुपैयाँका दरले खरिद गरिएको प्राप्त बिलमा उल्लेख छ ।  बजारमा ६ सय रुपैयाँमा पाइने पानी तताउने भाँडोको मूल्य बिलमा ९ सय रुपैयाँ बनाइएको पाइएको छ । 

स्वास्थ्य महाशाखाले मातहतका स्वास्थ्य चौकीहरुमा दैनिक प्रयोग हुने मार्कर, हाइलाइटर पेन, साबुन, सर्फ, इन्डेक्स फाइल, रेकर्ड फाइल, टिपिक्स लगायतका सामाग्रीहरु बजार मूल्यको तूलनामा धेरै बढाइएको पाइएको छ । 

महानगर प्रमुख राजेशमान सिंहले भने कर्मचारीहरु इमान्दारपूर्वक सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताएका छन् । केही बदमाशीहरु अहिले पनि भइरहेको स्विकार गर्दै मेयर सिंहले छानविन गरेर अनियमितता भएको ठहर भएमा कारवाही गर्ने चेतावनी पनि दिएका छन् । 

No description available.

Back to top