×

वीरगञ्ज, २४ मंसिर । 

सडक देखि सरकार खै त मानव अधिकार 
बढीराछ भ्रष्टाचार खै त मानव अधिकार ?

यहाँ गरीबको झुपडीमा चुलो बल्या छैन
विभेदीकरणका मतियार खै त मानव अधिकार ?

तलदेखि माथिसम्मै मौलाइ राख्या छ  
अन्याय र अत्याचार खै त मानव अधिकार ?

धनी र गरिब बीचको खाडल कहिले पुर्ने
कोही झुप्रो कोही दरवार खै त मानव अधिकार ?

नेताहरू बिलासितामा रमाईराख्या छन्
जनताहरू छन् लाचार खै त मानव अधिकार ?

यहाँ गरीबलाई गास बास कपास नभा बेला
जनप्रतिनिधिलाई करोडौको कार खै त मानव अधिकार ?

आफ्ना आसेपासेलाई रोजगार दिलाएर 
अरूलाई चाहिँ सौतेलो व्यावहार खै त मानवअधिकार ?
 

Back to top