×

वीरगञ्ज, १० मंसिर । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले निर्वाचनमा मद्दत गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले शनिवार एक प्रेस वक्तत्व जारी गर्दै मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।

अमूल्य मत दिने मतदातासँगै प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णप्रति सभापति कृतज्ञता व्यक्त गर्दै क्षेत्रीले अघि लेखेका छन्, ‘निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चारकर्मीप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु ।’ 

Back to top