×

वीरगञ्ज ९ मंसिर । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्म भइरहेको समानुपातिक तर्फको मतगणनामा मधेश प्रदेशमा
कांग्रेस अगाडि देखिएको छ ।  

प्रदेश सभा मधेसमा नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो दल बनेको छ । कांग्रेसले ८६ हजार ५५३ मत पाउँदा एमालेले ६८ हजार २३० मत आएको छ ।

तेश्रो स्थानमा रहेको जनता समाजवादीले ५४ हजार २७७ मत पाएको छ भने चौथो स्थानमा रहेकोे जनमत पार्टीले ४६ हजार २७६ मत पाएको छ । पाँचौ स्थानमा रहेको माओवादी केन्द्रले ३२ हजार ५०७ मत पाएको छ । 

Back to top