×

वीरगञ्ज, ९ मंसिर ।  चिसो याम शुरु भएसँगै उपकार सेवा नेपाले कम्बल वितरण अभियानको आरम्भ गरेको छ । जाडो मौसममा न्यानो कपडा खरिद गर्न नसक्ने गरिब, विपन्न एवम् असहायहरुलाई उक्त संस्थाले कम्बल वितरण गर्न थालेको हो । 

बढ्दै गरेको चिसो र शितलहरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर २ लक्ष्मीनारायण टोल, वडा नम्बर ४ भगवती टोल र वडा नम्बर १६ मिथिला नगरका ५५ जनालाई कम्बल वितरण गरिएको हो ।

यसअघिका वर्षको चिसो मौसममा पनि कम्बल वितरण गर्दै आएको उपकार सेवा नेपाले यस वर्ष पनि निरन्तरता दिएको संस्थाका केन्द्रीय सदस्य सज्जन अग्रवालले बताए । 

सामाजिक अभियानता ओमप्काश सर्राफ, संस्थाकी सदस्य बगरिया लगायतको रोहबरमा गरिब एवम् अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । 
 

Back to top