×

वीरगञ्ज, ९ मंसिर। महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्‍मेदवार शरत सिंह भण्डारी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।

भण्डारीले २५ हजार १ सय ९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १ सय २० मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २ सय ५८ मत प्राप्त गरेका छन् । 
 

Back to top