×

वीरगञ्ज, ९ मंसिर । सानो समयमै गुणस्तरीय तथा भरपर्दो उपचार सेवाका कारण नाम कमाउन सफल वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालले सेवा विस्तरा गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ को विर्ता मन्दिरको सामुन्ने अवस्थित अस्पतालले अन्तराष्ट्रिय स्तरको फिजियोथेरेपी सेवा सुचारु गर्दै सेवा विस्तार गरेको हो । 

फिजीयोथेरेपी सेवा सुरु भएसँगै महँगो शूल्क तिरेर वीरगञ्ज बाहिर जाने समस्याबाट अब विरामीहरुलाई छुट्कारा पाउने अस्पतालको विश्वास छ ।

अस्पतालमा आधुनिक तथा गुणस्तरीय मेसिन र अन्तराष्ट्रिय स्तरको तालिम र ख्याती प्राप्त विशेषज्ञबाट फिजियोथेरेपी सेवा प्रदान गराइने त्यहाँका मेडिकल डाइरेक्टर डा. प्रमोद कुमार सर्राफले बताए ।

डा. सर्राफले स्थानीयहरुको माग अनुसार सेवा विस्तार गरिएको बताउँदै भने, ‘हामी कहाँ दिनहु फिजियोथेरेपी सेवाको माग गर्दै स्थानीयहरु आउनु हुन्थ्यो । वीरगञ्जमा गुणस्तरीय सेवा उपलब्ध गराउने ठाउँ नरहेको र बाहिर जाँदा धेरै खर्च हुनेभएकोले आफ्नै ठाउँमा राम्रो सेवा सुरु गर्ने उद्देश्यले अस्पतालमा फिजियोथेरेपी सेवा विस्तार गरेका हौँ । अब यहाँका बासिन्दालाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य भयो । वीरगञ्जमै राम्रो सेवा प्राप्त गर्न सकिन्छ ।’

फिजियोथेरेपी सेवा दैनिक रुपमा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध गराइने डा. सर्राफले जानकारी दिए  ।

Back to top