×

कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू सकिएपछि आजबाट दोस्रो खेलहरू हुन लागेका हुन् ।

आज हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा इरान पहिलो जित निकाल्ने योजनामा हुनेछ । इरान पहिलो खेमला इङ्ल्यान्डसँग ६–२ गोल अन्तरले हारेको थियो ।

यता वेल्स भने पहिलो खेलमा अमेरिकासँग एक–एक गोलको बराबरी खेलेको थियो । त्यसैले आजको खेलमा दुवै टोलीलाई जित आवश्यक छन् । दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । शुक्रबार हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स र इक्वेडर लगातार दोस्रो जितको खोजीमा हुनेछ । दुबै टोलीले पहिलो. खेलमा सहज जित निकालेको थियो । चौंथो खेलमा इङ्ल्यान्डले अमेरिकाको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्ड र अमेरिकाबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ ।

 इङ्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । अमेरिका पहिलो जित निकाल्न चाहन्छ । अमेरिकाले पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको थियो । 

Back to top