×

भारतको मेघालयस्थित तुरा क्षेत्रमा बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ४६ मिनेटमा प्रदेशको तुरा क्षेत्रबाट ३७ कि. पूर्व–उत्तर पूर्वमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको तीव्रता रिक्टर स्केलमा ३.४ मापन गरिएको छ भने गहिराई जमिनबाट पाँच किलोमिटर तल रहेको छ ।

यसअघि बुधबार महाराष्ट्र र अरुणाचल प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Back to top