×

मुम्बई । उर्वशी रौतेला अक्सर पहिरनका कारणले चर्चामा छाउने अभिनेत्री हुन् । पछिल्लो समय पनि उनी पहिरनको कारणले नै चर्चामा छिन् । उनले दुबईमा आयोजित ‘फिल्मफेयर मिडल इस्ट अवार्ड’ समारोहमा लगाएको महँगो पहिरन अहिले चर्चामा छ ।

कार्यक्रममा उनले पिंक ट्युब बडीकन ड्रेस लगाएकी थिइन् । जसको मुल्य ५० लाख (भारतीय रुपैयाँ) बताइएको छ । कार्यक्रमको तस्विर सार्वजनिक भएपछि उर्वशीका फ्यानहरुले उनको तारिफ गरिरहेका छन् । योसँगै उनलाई ऋषभ पन्तको नाममा ट्रोल गर्नेहरु समेत धेरै छन् ।

 

नोभेम्बर १९ मा आयोजित कार्यक्रमका तस्बिर उनले सामाजिक सञ्जालबाट शेयर गरेकी छन् । उनको तस्बिर देखेर मानिसहरूले ऋषभ पन्तलाई सम्झिए र उनलाई ट्रोल गर्ने क्रम सुरु भयो ।

उनको पोष्टमा एक सामाजिक संजाल प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘ऋषभ पन्त प्रभावित हुने छैनन् । कोसिस नगर्नुस् ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘ऋषभको पिछा गर्न बन्द गर्नुहोस् ।’ अर्का एकले लेखका छन्, ‘जति गरे पनि ऋषभले तिमीसँग बिहे गर्दैनन् ।’

पछिल्लो समय क्रिकेटर ऋषभ पन्तको नाम उर्वशीसँग जोडिने गरेको छ ।​

दैनिक भास्कर 

Back to top