×

वीरगञ्ज, ७ मंसिर । बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल पुन निर्वाचित भएका छन् ।

पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सोनल १३ हजार ५९६ मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी जसपा–एमाले उम्मेदवार आत्माराम साह ८ हजार २६९ मत मात्रै पाएका छन् । 

सोनल र साह बिचको मतान्तर ५ हजार ३२७ रहेको छ ।

मधेस प्रदेश सरकार पुर्वमन्त्री र लोसपाका प्रदेश अध्यक्षसमेत रहेका सोनल २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट १३ हजार १ सय १८ मतका साथ निर्वाचित भएका थिए ।

Back to top