×

वीरगञ्ज, ७ मंसिर ।  पर्साको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित निकालेको छ । पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अजय कुमार चौरसिया फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्दी जसपा र नेकपा एमाले गठबन्धनका सुरेन्द्र प्रसाद कुर्मीले २२ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् । कुर्मीलाई ६ हजार ६ मतान्तरले पराजित गर्दै चौरसिया विजयी भएका हुन् ।

यसअघि लगातार २ पटक पराजित रहँदै आएका चौरसियाको यो दोस्रो जित हो । यस क्षेत्रबाट राप्रपाका नरेश कुमार साहले २ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९ सय ७१ मत ल्याएका छन् । 
 

Back to top