×

पछिल्लो समय अभिनेता ऋतिक रोशन र उनकी प्रेमीका सबा आजादको रिलेशनसिपका विषयमा विभिन्न समाचार सार्वजनिक भइरहेका छन् । यो जोडीले आफ्नो सम्बन्ध छिट्टै एक कदम अगाडि बढाउन लागेको, दुबैलेसँगै बस्ने मन बनाएको, यो जोडी अपार्टमेन्टमा सिफ्ट हुन लागेका र त्यसको मूल्य १०० करोड भारु रहेको  समेत उनको विषयमा हल्ला चलिरहेको छ । प्रेमीका सबसँगको लिभिङ लगायत सबै खबरलाई अभिनेता ऋतिकले भने खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल पोस्ट गर्दै ऋतिकले बाहिर फैलिएको खबरमा सत्यता नरहेको बताएका छन् । ‘पब्लिक फिगर भएकाले जनताले मेरो बारेमा जान्न चाँहन्छन् भन्ने बुझ्छु । तर गलत समाचारबाट आफूलाई टाढै राख्यौं भने सहि हुनेछ । यो जिम्मेवारीपूर्ण काम हो ।’ पोस्टमा ऋतिकले लिभिङमा रहने खबरको समेत खण्डन गरेका छन् ।

केही समयअघि ऋतिकले जुहु–वर्सोवा लिंक रोड नजिक दुईवटा अपार्टमेन्ट किनेको खबर समेत फैलिएको थियो । यी दुई लक्जरी अपार्टमेन्टको मूल्य ९७.५० करोड रहेको चर्चा थियो । ऋतिकले भने आफ्नो अपार्टमेन्ट किन्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

ऋतिक र साबा दुवै आ–आफ्नो फिल्म प्रोजेक्टमा व्यस्त छन् । साबा एक फिल्मको सुटिङमा व्यस्त छिन्, भने ऋतिक ‘फाइटर’ मा व्यस्त छन् । ‘फाइटर’ भारतको पहिलो एरियल फिल्म हो, जसको प्रतिक्षामा फ्यान छन् । फिल्म २०२४ मा रिलिज हुनेछ ।

सबा–ऋतिक लामो समयदेखि रिलेसनसिपमा छन् । यसअघि ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । दुवै सन् २०१४ मा अलग भएका थिए । ऋतिक र सुजैनका दुई सन्तान छन् ।-दैनिक भास्कर  

Back to top