×

वीरगञ्ज, ६ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सुरक्षालाई प्रभावकारी बनाउन बन्द गरिएको वीरगञ्ज-रक्सौल नाका आजदेखि खुल्ने भएको छ ।

स्थानीय प्रशासनले बिहीवार मध्यरातदेखि नेपाल भारत सिमाना सिल गरेपछि वीरगञ्जसँग जोडिएका तीन वटा भन्सार पनि बन्द भएका थिए ।

बन्द रहेका सम्पूर्ण नाकाहरु आजदेखि खुलेसँगै भन्सार पनि खुल्ने भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार सीमा सिल भएसँगै आयातनिर्यात पनि रोकिएको थियो । 

साविकको वीरगञ्ज भन्सार, आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाट शुक्रवारदेखि मालवस्तुको आयातनिर्यात रोकिएको थियो । 

Back to top