×

बारा ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर उडान मात्रै हुने विमानस्थल कार्यालयले बताएको छ ।     
     
विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतवार तारा एयरले चार ओटा चार्टर उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउनका लागि चार्टर उडान गर्ने बताइएको छ ।     
     
हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले बताएको छ । अन्तरराष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० ओटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । रासस

Back to top