×

बीरगञ्ज ४ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान शुरू भएको छ । बिहान ७ बजेदेखि मतदान शुरू भएसँगै पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्मले मतदान गरेका छन् । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री पम्फा भुसाल, पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखराज भट्ट, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री एवं स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायतले मतदान गरेका छन् । उनीहरू आ–आफ्नो गृहजिल्लाबाट मतदान गरेका हुन् । 

यस्तै, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि मतदान गरेका छन् ।  

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभरका ७७ ओटै जिल्लाका मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । 

Back to top