×

वीरगञ्ज, ४ कार्तिक । मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सिंघासन साह कलवारको एकपछि अर्काे भ्रष्टाचारको पोल खुल्दै गएको छ ।

मधेश प्रदेश सरकारले कृषकहरुको लागि अनुदानमा वितरण गरेको १ सय वटा ट्याक्टरमध्ये प्रदेश सभा सदस्यको बलमा कलवारले २ वटा ट्याक्टर प्राप्त गरेका थिए । वास्तविक कृषकलाई प्रदान गर्नुुपर्ने ट्याक्टर उनले आफ्ना नजिकका राजनीतिकर्मीहरुलाई दिलाएर ठेक्कापट्टाको काममा प्रयोग अहिले गरीरहेका छन् । 

पर्साको धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान र कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट गुप्ताका काका दिनेश कलवारलाई सिंघासनले ट्याक्टर प्रदान गरेका हुन् । उनीहरुको नाममा ट्याक्टर दिएपनि उनले अहिले आफ्नै निर्माण कम्पनी रञ्जन निर्माण सेवाको कामका लागि ति ट्याक्टरको प्रयोग गरीरहेका छन् । 

यसअघि मुख्यमन्त्री स्वच्छता अभियानअन्र्तगत पोखरी सौन्दर्यकरणको कामको ठेक्का अलपत्र अवस्थामा छोडेको खबर बाहिरिएको थियो । ठेक्का पाएका पोखरी आधा अधुरो छोड्नुका साथै निर्माणमा कमशल तथा गुणस्तरहिन सामाग्री प्रयोग गरेको खबरपछि किसानको नाममा ट्याक्टर निकालेर आफ्नै निर्माण कम्पनीको काममा प्रयोग गरीरहेको पोल खुलेको हो । 
 

 

Back to top