×

वीरगञ्ज २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस गरेको छ ।

जस मध्य आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि भारतीय नागरिक नरेश साहले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस गर्नु पर्नेमा पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि भारतीय नागरिक नरेश साहको नाम सिफारिस गरेको छ । 

केहिदिन यता समाजिक संजालमा राप्रपाको प्रभावशाली नेता भनि लेखिएर आउने गरेका नरेश कुमार साह भारतीय नागरिक भएको खुलासा भएको हो ।

२०६३ सालमा खटिएको नागरिकता टोलीबाट सर्लाही जिल्ला तत्कालिन कविलासी गाविस वडा नम्बर ८ मा जन्म भएको भुठो विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका साह भारत विहार सितामढी जिल्ला बेल निवासी नरसिंह साहका छोरा भएको खुलेको हो ।

निजको हालसम्म भारत विहार सितामढी जिल्ला रिगा विभानसभा अन्तरगत बेलमा जग्गा जमिनका साथै भारतीय नागरिकता र मतदाता सुचिमा समेत नाम उल्लेख रहेको प्रमाण फेला परेको छ ।

त्यसै गरी साहको नागरिकता विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परेको छ । उजुरीको आधारता जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको सिलसिलामा निजलाई झिकाएर थप एवं गहन अनुसन्धान गरिरहेको बुझिन आएको छ ।
 

Back to top