×

वीरगञ्ज, १५ असोज । पर्साको वीरगञ्जमा रहेका विभिन्न मठ मन्दिरहरुमा विधिपूर्व फूलपाती भित्र्याइएको छ । 

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगञ्जको राधेमाई मन्दिरमा फूलपाती भित्र्याएका छन् भने चण्डी प्रसाद गणबाट बाजागाजा सहित निकालिएको फूलपाती गहवामाई मन्दिरमा भित्रयाइएको छ । वनमन्त्री यादवले प्रत्येक वर्ष राधेमाई मन्दिरमा फूलपाती भित्र्याउने गरेका छन् । 

मन्त्री यादवले फूलपाती भित्र्याउने क्रममा हजारौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो । फूलपाती भित्र्याउँदै उनले बडा दसैँको शुभकामना पनि दिएका थिए । 

त्यसैगरी वीरगञ्ज विर्ता मन्दिर लगायत यहाँ मूख्य मन्त्री र दूर्गा पूजा हुने अन्य स्थलमा पनि फूलपाती भित्र्याइएको छ ।

गहमाई मन्दिरको फूलपाती भित्र्याउने क्रममा चण्डी प्रसाद गणमा प्रमुखसहित पर्साका विभिन्न कार्यालयका प्रमुख, प्रतिनिधि तथा मन्दिरका पोरोहित तथा दर्शनार्थीहरुको उपस्थिती रहेको थियो । 

बडा दशैंको सातौं दिन आइतबार दूर्गापीठ र दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँएको हो । प्रत्येक वर्ष दूर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउन परम्परा रहेको छ ।

दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

Back to top