×

वीरगञ्ज, ११ असोज । छात्रामाथि यौन दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका वीरगञ्जस्थति अलपाइन स्कूलका शिक्षकमाथि पर्सा प्रहरीले मुद्दा दर्ता गरेको छ ।

विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिकासँग यौन दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका शिक्षक पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ का घर भइ वीरगञ्ज बस्दै आएका ताज मियाँमाथि पर्सा प्रहरीले बाल यौन दुरुपयोग मुद्दा दर्ता गरेको हो ।

बालिकाका अभिभावकले दिएको उजुरीको आधारमा पर्सा प्रहरीले मियाँलाई गत असोज ५ गते पक्राउ गरेको थियो ।  पक्राउ परेका मियाँलाई प्रहरीले हिरासतमा राँखी ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा मियाँले बालिकासँग यौन दुर्व्यहार गरेको पाइएको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक दीपक गिरिले जनाकारी दिए ।

पिडित बालिकाले शिक्षक मियाँबाट आफू विद्यालयमा यौन दुर्व्यवहार परेको अभिभावलाई वताएपछि अभिभावकले प्रहरी कार्यालयमा उजरी दिएका थिए । त्यसपछि प्रहरीले शिक्षक मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान पक्रिया अगाडी बढाए प्रहरी नायव उपरीक्षक गिरिले बताए ।

Back to top