×

वीरगञ्ज, ७ असोज । तेली कल्याण समाज नेपालको केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन भएका छन् ।

वीरगन्जमा असोज ५ र ६ गते सम्पन्न समाजको तेश्रो केन्द्रीय महाधिवेशनले तेलीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । समाजको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा उम्देश्वर साह, उपाध्यक्षमा कपिलदेव साह, जगन्नाथ प्रसाद र नेपाली साह चयन भएका छन् ।

यसैगरि समाजको केन्द्रीय महिला उपाध्यक्षमा निलम साह, महासचिवमा सत्यनारायण साह, सचिवमा दिलिपचन्द्र साह र कोषाध्यक्षमा डाक्टर सोनेलाल साह चयन भएको निर्वाचन समितिका संयोजक अरविन्द साहले जानकारी दिए ।

समाजको केन्द्रीय सदस्यमा बाराका जोगिन्द्र साह, रौतहटका रमानन्द साह,नवल साह, दाङका रामलक्ष्मण साह, महिला सदस्यमा महोत्तरीकी शोभा साह, सर्लाहीकी सुनिता देवी साह र सप्तरीकी सुमिता कुमारी साह चयन भएको समाजका पर्सा अध्यक्ष ध्रुब साहले जानकारी दिए ।

Back to top