×

वीरगञ्ज, ७ असोज ।  राउण्ड टेबल नेपालको एजुकेट ए चाइल्ड पहल अन्तर्गत राउण्ड टेबल ८ ले वीरगञ्जमा प्राथमिक उपचार सम्बन्धी तालीम सम्पन्न गरेको छ ।

बिहीबार ताराचन्द किशनलाल आधारभूत विद्यालयमा सो तालीम सञ्चालन गरिएको राउण्ड टेबल ८ का अध्यक्ष मनीष लाठले जानकारी दिए । सो अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. सरोज रोशन दासले प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण दिएका थिए ।

त्यसमा विद्यालयका करीब ५० विद्यार्थी र शिक्षक सहभागी थिए । राउण्ड टेबल ८ ले विद्यालयमा प्राथमिक उपचार बक्स पनि प्रदान गरेको छ । सो संस्थाले वीरगञ्जमा विभिन्न सामाजिक गतिबिधि गर्दै आएको छ ।
 

Back to top