×

वीरगञ्ज, ६ असोज ।  दुई/दुई पटक दुवै सभाबाट पारित नागरिकता विद्येयक प्रमाणिकरण नगरेको भन्दै वीरगञ्जमा राष्ट्रपति विद्या देवी भण्डारीको राजीनामा माग गरिएको छ । 

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसिएल) नेपाल पर्साले राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

वाईसिएल पर्साका संयोजक दिपेन्द्र सिंह पटेलको अध्यक्षतामा वीरगञ्जको घण्टाघरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वाईसिएल नेपालका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज सन्तोष पटेलले संविधानको रक्षा गर्नेले नै उलंघन गरेको बताए । लाखौ नागरिकलाई अनागरिक बनाएर गैरकानुनी कदम चाल्ने राष्ट्रपति भण्डारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पटेलको भनाई छ । 
विरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन मधेश प्रदेशका सचिव विवेक शाह, विद्याला यादव, महेश पटेल लगायतले सम्बोधन गर्दै भण्डारीको राजीनामा माग गरेका थिए । 

विरोध प्रदर्शनमा सहभागीहरुले राष्ट्रपती भण्डारीको विरुद्धमा नाराबाजी गरेका थिए । 
 

Back to top