×

वीरगञ्ज, ६ असोज ।  ग्यालेक्सी फोर के टेलिभिजनका पर्सा संवाददाता जियालाल साह मधेश प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधाबाट पुरस्कृत भएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको रजतजयन्ती तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ का अवसरमा साह पुरस्कृत भएका हुन् ।

यसअघि साहसँगै कान्तीपुर टेलिभिजनका पंकज श्रेष्ठ, मध्य नेपालकी कविता खड्का र नयाँ पत्रिका दैनिकका तिवारी यादव मनोनयमा परेका थिए ।

साहलाई नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर) र युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले पुरस्कारसहित प्रमाण पत्र प्रदान गरेका हुन् । 
 

Back to top