×

वीरगञ्ज, ६ असोज ।  नेपाल फोटो पत्रकार महासंघ का पूर्व केन्द्रीय उपाध्यक्ष राम सर्राफ सम्मानित हुने भएका छन् । राष्ट्रीय फोटो पत्रकार समूह नेपालले रजत जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ का अवसरमा सर्राफलाई सम्मान गरेको हो । 

राष्ट्रीय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले २५ औँ वर्ष पूरा गरेको अवसरमा बिहिवार काठमाण्डौमा आयोजना गरेको रजत जयन्ती तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ को चौथो संस्करणका अवसरमा सर्राफ सम्मानित भएका हुन् । 

समूहका अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा भएको कार्यक्रमका अवरसरमा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सर्राफलाई सम्मान गरेका हुन् । फोटो पत्रकारितामार्फत राष्ट्रलाई दिएको अतुलनीय योगदान र संस्थालाई पु–याएको सहयोगको कदरस्वरुप विशेष सम्मान २०२२ सर्राफलाई अर्पण गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

दुई दशकभन्दा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय सर्राफ नेपाल फोटो पत्रकार संघका संस्थापक हुँदै पर्सा शाखा उपाध्यक्ष, मधेश प्रदेश अध्यक्ष भएर केन्द्रीय उपाध्यक्षसमेत भइसकेका छन् । स्वर्गीय गोपाल गिरीको अन्त्येष्ठी गर्ने क्रममा बागमती नदिमा डुबेर पानी बाहिर क्यामेरा निकालेर फोटो खिचेको अन्नपुर्ण पोस्टका तत्कालिन सम्पादक श्री आचार्यले देखेपछि उनलाई अन्नपुर्णमा फोटो पत्रकारको रुपमा आवद्ध गराएका हुन् । २०६० सालसम्म वीरगञ्जबाटै प्रकाशित अंकुश दैनिकमा छापीने सर्राफको फोटो त्यसपछि अन्नपुर्ण पोस्टमा पनि प्रकाशन हुन थालेको हो । 
त्यसपछि सर्राफले खिचेका फोटोहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रीय सञ्चार माध्यममा समेत प्रकाशन भइसकेका छन् । नेपाल भरीमै मोफसलबाट फोटो पत्रकारको रुपमा नियुक्ती पाउने पहिलो व्यक्ति पनि सर्राफ नै हुन् । सर्राफ हाल द हिमालयन टाइम्समा आवद्ध छन् । उनी वीरगञ्जबाट १ दशकदेखि सञ्चालित यात्रा डेली डटकम अनलाईनका प्रबन्ध निर्देशक समेत हुन् ।
 

Back to top