×

वीरगञ्ज, ६ असोज ।  पर्साको बहुदरमाई नगरपालिकामा नेकपा एमालेले निर्वाचन परीचालन समिति गठन गरेको छ । बहुदरमाईको रामनगरीमा नेकपा एमाले बहुदरमाई नगर कमिटीले आयोजना गरेको बृहत बैठकका अवसरमा निर्वाचन परीचालन समिति गठन गरिएको हो ।

नेकपा एमाले नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा बसेको बैठकले ३५ सदस्यीय निर्वाचन परीचालन समिति गठन गरेको हो । एमालेका स्थानीय नेता मुखदेव प्रसाद कानुको अध्यक्षतामा गठीत निर्वाचन परीचालन समितिको उपाध्यक्षमा प्रभु कुर्मी, सचिवमा सुनिल कुशवाहा, उपसचिवमा मनोज यादव र महमद फकरुदिन चयन भएका छन् । 

बैठकलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ता, मधेश प्रदेश कमिटीका सदस्य शिव पटेल, जिल्ला समन्वय समितिका उपप्रमुख पुरन प्रसाद कुर्मी, बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहा लगायतले सम्बोधन गरेका थिए । 

बैठकको सहजीकरण कृष्ण यादवले गरेका थिए । 
 

Back to top