×

वीरगञ्ज, ६ असोज ।  बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा आज बिहीबार हुँदैछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले पत्रकार सम्मेलनबाट २३ सदस्सीय टोलीको घोषणा गर्ने छन् । पत्रकार सम्मेलन अपरान्ह ३ बजे हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका छन् ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

Back to top