×

वीरगञ्ज, ६ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशबाट ५ महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।

पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् ।

बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । 

यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधु कुमारी, ५५ किलोमा बाराकी प्रमिला, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारी रहेकी छन् ।
 

Back to top