×

वीरगञ्ज, ५ असोज ।  संगीत रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन १ मा ‘कता हिँडेको ? कसलाई खोजेको ?’ बोलको गीत गाएर चर्चा कमाएकी एष्टर सेञ्चुरीको आवाजमा रहेको गीत बजारमा आएको छ । 

रामकृष्ण बान्तवाको शब्द, राजु सिँहको संगीत र आभा मुकारुङ्को आवाजमा सजिएको गीत गाएर कुनै पनि कोचलाई फर्काउन नसकेपनि धेरै श्रोता र दर्शकहरुको मन जीत्न सफल सेञ्चुरी सांगीतिक यात्रामा निरन्तर संघर्षरत छिन् । मोरङ्को बेलवारीसँगै त्यही गाउँघरमा हुने सामान्य कार्यक्रमहरुमा मात्रै गुन्जिने उनको आवाज भ्वाईस अफ नेपालकै प्लेटफर्ममार्फत देशभरी गुञ्जिएको हो । 

भ्वाईस अफ नेपालमा कोचलाई घुमाउन नसकेपनि उनले सांगीतिक क्षेत्रमै आफ्नो भविष्य खोजीरहेकी छिन् । ‘डुश म्युजिक’ नामक युट्युब च्यानलमा सेञ्चुरी र देवेन्द्र बरालको आवाजमा सजिएको ‘मेरो सोचाईमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

सर्जक डिपी खनालद्वारा सृजित शब्दहरुलाई गायक तथा संगीतकार देवेन्द्र बरालले नै संगीत भरेका छन् भने दिनेश न्यौपानेले एरेञ्ज गरेका छन् । कुमार केसीले रेकर्ड गरेको गीतको मिक्सिंग र मास्टरींग अशोक महर्जनले गरेको गायिका सेञ्चुरीले जानकारी दिइन् ।

‘मेरो सोचाईमा’ बोलको गीतको भिडियोमा पवन मगर र कृतिका तामाङ् फिचरींग छन् । बिपिन चौलागाईले छायांकन गरेको भिडियोको निर्देशन युनेश घिमिरेले गरेका छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top