×

वीरगञ्ज, २ असोज ।  नेपाली नागरिकता लिएका भारतीय नागरिक नरेश कुमार साहले निर्वाचन लक्षित गतिविधिलाई तिव्रता दिएका छन् । केही वर्ष अघि भारतीय नागरिक साहले ‘जन गण मण’ गाउने गर्थे भने झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएपछि अचेल नेपाली राष्ट्रिय गान ‘सयौँ थुंगा फूलका हामी” गाउन थालेका छन् ।

चुनाव लक्षित कार्यक्रहरुमा सरीक हुने क्रममा उनले राष्ट्रिय गान गाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि भारतीय नागरिक (गैरनागरिक)  साहको नाम सिफारिस गरेपछि उनको हालीमुहाली बढेको हो । 

सर्लाही जिल्ला तत्कालिन कविलासी गाविस वडा नम्बर ८ मा जन्म देखाएर भुठो विवरण पेश गरी नेपाली नागरिकता लिएर वीरगञ्जमा बसोबास गर्दै आएका साह चुनावी मैदानमा होमिएका छन् ।

राष्ट्रियताको एजेण्डा बोकेको राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाले नै भारतीय नागरिकलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेपछि पार्टीप्रतिको बिश्वास पनि कम भएको पार्टीभित्रकै एक नेताले असन्तुष्टी पोखेका छन् । 

यो पनि पढ्नुहोस् लिङ्गदेनका खजान्छी भारतीय नागरिक नरेश साहलाई पर्साबाट चुनाव लडाउने तयारी

नेपाली र भारती दुवै नागरिकता भएका साहले भन्सार छलेर काजु, किसमिस लगायतका मसाला एवम् किराना सामाग्रीको व्यापारमार्फत अथाह सम्पती आर्जनसमेत गरेका छन् । सोही सम्पतीकै आडमा राप्रपाभित्र आफ्नो बर्चस्व बनाएर चुनाव लड्ने दाउमा साह रहेका छन् । 

यसअघि साउन १६ गते वीरगञ्जको नगर सभा गृहमा लिङ्गदेनको उपस्थितीमा भएको कार्यक्रममा पनि उनले लाखौ खर्च गरेर भोजभतेर गरेको स्रोतले जनाएको छ । 
 

Back to top