×

बारा, २० भदौ ।  स्क्र्याबल क्लब बाराले आयोजना गरेको जिल्लास्तरीय स्क्र्याबल च्याम्पीयनसिपमा १२ वटा निजी विद्यालयवाट ८ जना विद्यार्थी छनोट भएका छन् । 

शनिवार सिमरा पब्लिक बोर्डिङ्ग स्कुलमा भएको प्रतियोगितामा १२ वटा संस्थागत विद्यालयका २४ जना छात्रछात्राले भाग लिएका थिए । जसमध्ये खेलको अन्तिम समयसम्म ८ जना विद्यार्थी छनोट भएका छन् ।

सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्र्यावल खेल नेपालमा त्यति चलनचल्तीमा नभएपनि पहिलो चोटी सन् २०१५ मा अंग्रेजी शब्दका लागि सुरुवात भएको हो । यो अहिले ४० वटा जिल्लामा खेलाउन थालिएको स्क्र्याबल क्लवका केन्द्रीय संयोजक केशवप्रसाद पराजुलीले जानकारी दिए । 

यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्दभण्डारको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने केन्द्रीय संयोजक पराजुलीको भनाइ छ । स्क्र्यावल खेलको नेपाली रुपान्तरण नभइसकेपनि यो कोठेपद र शब्दजाल जस्ता शब्द पनि प्रयोग गर्न सकिन्छ ।  नेपालमा यसको सूरुवात भएको ६ देखि ७ वर्ष मात्रै भएपनि नेपालमा आफैँले निर्माण गरिएको नेपाली र गणित विषयको स्क्र्याबल पनि सञ्चालन हुने गरेको संयोजक पराजुलीले बताए । 

त्यस्तै स्क्र्याबल क्लब बाराका संयोजक भोजराज सुवेदी  बारा जिल्लामा च्यामपीयनसीप गराउन पाउँदा आफूलाई खुसी लागेको बताउछन् ।  स्वयंसेवी रूपमै काम गर्नुपर्ने भएपनि सिकाइका हिसावले यस खेलप्रति विद्यालय, शिक्षक, अभिभाावक तथा विद्यार्थीको आकर्षण भएको शिक्षक सुवेदीको भनाइ छ ।

प्रतियोगितामा बारा जिल्ला संयोजक भोजराज सुबेदी, एन प्याब्सनका रामप्रसाद अधिकारी, बसन्त ढकाल, स्ब्राईबल शिक्षक किशोरबाबु श्रेष्ठ, संन्जीब झा लगायतले खेलको सहजीकरण गरेका थिए  । प्रतियोगितामा छनोट भएका ८ जना विद्यार्थीहरु आगामी मंसिर ३ गते नवलपरासिमा हुने आठौँ राष्ट्रिय स्ब्राईबल च्यापियनम्पनसिपका सहभागी हुनेछन् ।
 

Back to top