×

वीरगञ्ज १९ भदौ । लोकतान्त्रि समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगर समिती अध्यक्ष ओम प्रकाश सर्राफ र नेपाल कम्यूनिष्ट पार्टी एमाले मदेश प्रदेश कमिटी सदस्य शम्भु प्रसाद गुप्ताले मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीलाई भ्रष्ट मुख्यमन्त्री भएको आरोप लगाउँनु भएको छ । 

भ्रष्ट मुख्यमन्त्री राउतलाई हटाउँन र मधेस प्रदेश बचाउँन अगाडी मंसीर ४ गते हुन गईरहेको निर्वाचनमा प्रदेश सभा सदस्यबाट आफू मुख्यमन्त्री विरुद्ध उम्मेदवारी दिने घोषणा समेत उनहरुले गरे छन् । 

मुख्य मन्त्रि गद्दी बिरुध यसपाली लोकतान्त्रि समाजवादी पार्टीबाट सर्राफ र नेकपा एमालेबाट गुप्ता लड्ने भएका छन् । सर्राफ र गुप्ताले मुख्य मन्त्रीको छाता हुरी बतास लाग्ने सम्भावना रहेको स्थानीयहरुले बताएका छन् । मुख्य मंत्रीले खासै केही गर्न नसकेकोले यसपाली जनताले ठेगान लगाउने तरखरमा रहेको स्थानीयहरुको भनाइ रहेको छ ।

यात्रा डेलीसंग कुरा गर्दै सर्राफ र गुप्ताले भ्रष्ट मुख्यमन्त्रीलाई हटाउँन अभियाननै चलेको छ, र यसको विकल्पमा आफूहरुलाई नै स्थानियवासीले अघि सारेको दावी गरे । मलाई लाग्छ, यसपाली यो क्षेत्रमा परिवर्तन हुन्छ, सर्राफ र गुप्ताले भने । 

अहिले संघीयताका विषयमा विभिन्न किसिमका सवालहरु उठिरहेका छन । मेरो विचराले यो सबै भ्रष्ट मुख्यमन्त्रीका कारणले नै पूरै मधेश प्रदेश बदनाम भएकोहो । त्यसकारण उहाँलाई रिप्लेस गर्ने ठूलो माहौल बन्दैछ । उहाँलाई हटाएर अब मधेकको अधिकार मुभमेन्टका काम गरेको र गर्दै आएका युवालाई अगाडी बढाउने मनोविज्ञान पनि श्रृजना भईरहेको उहाँले बताए ।

मुख्यमन्त्री राउतको कारणले मधेश आन्दोलन पनि बदनाम भएको छ । हाम्रो अधिकारको लडाई ठूलो धक्का लागेको अवस्था छ । राउत भ्रष्टाचारी मात्र होइन, उहाँ भ्रष्टाचारीको सरदारका रुपमा अगाडी देखिएका छन । उहाँको मुख्यमन्त्री कार्यालयबाट १० करोडभन्दा बढी भ्रष्टाचार भएको भनेर मुद्दा दर्ता भएको छ । त्यसैले उहाँ ठूलो मुखिया हुनुहुन्छ । मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्टाचारको जिम्मा कार्यालयका मुखियाले लिनुपर्छ ।

राउतले गरेको सबै काम अधूरा छन । स्वाच्छता अभियानका नाममा पोखरीहरुलाई नष्ट गर्ने काम भईरहेको छ । त्यसको मौलिकतालाई नष्ट गरिदैछ । त्यसैले कमिशनको नाममा अधूरा अपूरा छोडिएको अवस्था छ । छठ पर्व मनाईने पोखरीको अस्तित्व नष्ट गर्ने काम भईरहेको छ । 

मुख्यमन्त्रीले राजमार्ग छेउमा मेकअप गरेर फेयर एण्ड लवली लगाएर ठूलो ठूलो होर्डिङ बोर्ड झुण्डयाएका छन । यसले मधेश समृद्ध हुन्छ ? मधेशमा पाँच बर्ष रहेको यो सरकारले मधेशका एउटा पनि जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउँन सकेन ।

युवाहरु विदेश पलायन हुने दर किन बढयो ? उनहरुले भनेका छन, ‘शिक्षा, स्वास्थ्य लगायत हरेक अति आवश्यकीय पूर्वाधारमा हामी किन पछाडि ? अहिले पनि किसानहरु एक बोरा मलखाद ल्याउँन एसएसबी र सशस्त्रबाट पिटाई खानुपर्ने अवस्था छ । त्यसैले यहाँका जनताले मधेश सरकारको अनुभूति गर्न पाएका छैनन् । 


 

Back to top