×

वीरगञ्ज, १२ भदौ ।  वन तथा वातावरण मन्त्री प्रदीप यादवले जोश र जाँगरले भरिएका युवाहरुको सही रुपमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । महिला पत्रकारहरुकै सक्रियतामा सञ्चालत मध्यनेपाल मिडिया प्रा.ली.को छैँठौ वाषिकोत्सवका अवसरमा आयोजित ‘नेतृत्वमा युवा कि पाका’ विषयक अन्तरक्रिया  तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले युवा शक्तिको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने बताए । 

पाका व्यक्तिको अनुभव र ज्ञानलाई युवा शक्तिले आत्मसाथ गर्न सकेमा मात्रै बिकास र समृद्धि हासिल गर्न सकिने मन्त्री यादवको भनाई छ । पाकाहरुलाई पन्छाएर पनि नहुने हुँदा युवा र पाकाको समिश्रण एवम् सहकार्यमै देश बन्ने मन्त्री यादवको जिकिर छ । युवाको सृजनशीलता जोशसहित पाकाको अनुभवले नै सम्मुनत समाजको निर्माण हुने आवश्यक्ता मन्त्री यादवले औल्याएका छन् । 

मध्यनेपाल मिडिया प्रा.ली.की प्रबन्धक एवम् मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमद, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, कोपिला चौलागाई, दलित महिला संघ पर्साकी अध्यक्षनिला राम लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

छैठो वर्ष पार गरी सातौ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न क्षेत्रमार्फत समाजमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी अध्यक्ष सुनिता बराललाई नगद सहित सम्मान पत्रले सम्मानीत गरिएको छ भने नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित हुने पत्रिका भोजपुरी टाईम्सका अजय चौरसियालाई पनि सम्मान गरीएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा .सुबोध कुमार गुप्ता, किरण आँखा अस्पतालका डाक्टर अमर क्याल, नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, होटल व्यवसायी कुबेर कार्की, सतिस वर्णवाल, कमला भण्डारी लगायतलाई कदर पत्रसहित सम्मानित गरिएको हो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, पर्साका उपाध्यक्ष युवराज खड्का, पोखरीया नगरपालिकाकी पुर्वउपमेयर सलमा खातुन, वीरगञ्ज महानगरपालिकाकी पुर्व उपमेयर शान्ति कार्की, नेपाली काँग्रेसकी नेतृ शुष्मा तिवार, रम्भा मिश्रा लगायतको उपस्थिती रहेको थियो । 

गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा तुलसी भण्डारीले संस्थाको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन् । 

May be an image of 12 people, people sitting, people standing and indoor

Back to top