×

वीरगञ्ज, ३० साउन ।  नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतबार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा तरुण दलले राष्ट्रपतिको राजीनामा माग गरेको हो । 

सोमबार(आज) तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रमाणीकरणका लागि पठाइएको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको बताउनुभएको छ । 

तरुण दलले राष्ट्रपतिको यो कार्यलाई नागरिकताविहीन नेपाली जनतामाथिको अपमानको संज्ञा दिएको छ । राष्ट्रपति भण्डारीले पटक पटक राजनीतिक पूर्वाग्रहपूर्ण व्यवहार तथा निर्णयहरू गरेको भन्दै चौतर्फी  विरोध भइरहेको छ ।

Back to top