×

वीरगञ्ज, ३० साउन ।  राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता फिर्ता गरेको भन्दै धनुषाको ढल्केवरमा विरोध प्रदर्शन भएको छ । नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले ढल्केवरस्थित पूर्व पश्चिचम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । 

नेपाली कांग्रेस मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता कार्यकर्ताहरुले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका हुन् । केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको कार्यक्रम गरिएको नगर सभापति महतोले बताए । 

राष्ट्रपति भण्डारीविरुद्ध चर्को नाराबाजी समेत गरेका उनीहरुले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।
 

Back to top