×

वीरगञ्ज, ३० साउन ।  वीरगञ्जमा सम्पन्न घुम्ती शिविरमा ८२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । वीरगञ्ज सामुदायिक आँखा अस्पताल र प्रभु अस्पतालको सहकार्यमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले घुम्ती शिविरको आयोजना गरेको हो । 

रुंगटा वैलफेयर सोसाईटीको सहयोगमा सम्पन्न शिविरमा आँखासँगै स्वास्थ्यसमेत परीक्षण गरिएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तरगत ग्रिनसिटीका संस्थापक स्वर्गीय सुशील कुमार खेतान (टिपु खेतान) काे स्मृतिमा आयोजित घुम्ती शिविरमा प्रभु अस्पतालका फिजिसियन डा. रबिरञ्जन साह नेतृत्वको चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोलीले ८२ जनाको स्वास्थ्य परीक्षण गरेको हो । 

त्यस्तै वीरगञ्ज सामुदायिक आँखा अस्पतालका दृष्टि विशेषत्र प्रभात चौरसिया नेतृत्वको टोलीले ८६ जनाको आँखा चेकजाँच गरेको अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए । धामीका अनुसार परीक्षण गराएकामध्ये १३ जनामा मोतियाविन्दु फेला परेको छ । 

वीरगञ्जको आदर्शनगर बाट बिर्तासम्म भएको घुम्ती शिविरमा नेपाली सेना श्रीजंग गणका गणपति एवम् प्रमुख सेनानी डायमण्ड कार्की, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दाहाल, वडा प्रहरी कार्याल वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, वीरगञ्ज महानगरपालिका कार्यपालिका सदस्य राधा कार्की, प्रभु अस्पतालका प्रशासन प्रमुख दिलिपराज कार्की, श्याम शर्मा, ओम कुमार झा, विक्की सर्राफ लगायतको उपस्थिति रहेको थियो ।  
No description available.

Back to top