×

बलिउड फिल्मका लागि बोयकट कल्चर बढ्दै गइरहेको छ । सोसल मिडियामा एकपछि अर्को नयाँ फिल्मलाई बोयकट ट्रेन्ड चलाइँदै छ । आमिर खानको लाल सिंह चड्डा र अक्षय कुमारको रक्षाबन्धनलाई बोयकट गरेपछि अब केही मानिसहरुले रणबीर र आलियाको फिल्म ब्रह्मास्त्रमाथि निशाना साँध्न सुरु गरेका छन् ।

बोयकट ब्रह्मास्त्र ट्रेन्डमा

करण जोहरको प्रोडक्सनमा बनेको फिल्म ब्रह्मास्त्र यस वर्षको सबैभन्दा ठूलो फिल्म बताइएको छ । रणबीर कपुर र आलिया भट्ट पहिलो पटक यो फिल्ममा स्क्रिन सेयर गरिरहेको देखिएका छन् । रणबीर र आलियाका प्रशंसक विशेष उत्साहित छन् । तर केही मानिसहरुले फिल्म रिलिज अघि नै ब्रह्मास्त्रको विषयमा बोयकट ट्रेन्ड चलाउन सुरु गरेका छन् ।

के भनिरहेका छन् प्रयोगकर्ता ?

एक प्रयोगकर्ताले #BoycottBrahmastra ट्वीट गर्दै लेखेका छन् – पिकेमा हिन्दु देवतालाई अपमान गर्न रणबीर पनि अगाडि थिए । अमिताभ बच्चनले केबीसीमा हिन्दु घुम्टोमा प्रश्न उठाएका थिए तर बुर्का र हिजाबमा बोलेका थिएनन् । यिनीहरुको फिल्म बोयकट गर ।

किन ब्रह्मास्त्रलाई बहिष्कार गरिरहेका छन् मानिसहरु ?

ब्रह्मास्त्रलाई बहिष्कार गर्नुमा रणबीर कपुर, अमिताभ बच्चन र करण जोहर जिम्मेवार रहेको मानिसहरु बताइरहेका छन् । प्रयोगकर्ताका अनुसार रणबीर कपुरले फिल्म ‘ये जवानी हे दिवानी’ मा फिल्मकी मुख्य नायिका दीपिका पादुकोणसँग मन्दिर पछाडि यौन सम्बन्ध स्थापित गर्न भनिरहेका थिए । केही मानिसहरुले यसलाई हिन्दु धर्मको अपमान बताइरहेका छन् ।

यस्तै, केही मानिसहरुका अनुसार अमिताभ बच्चनले शो ‘कौन बनेगा करोडपति’ मा हट सिटमा ‘घुम्टो’ ओढेकी महिला प्रतिस्पर्धीलाई घुम्टो ओढेकोमा प्रश्न उठाएका थिए जबकी उनले मुस्लिम महिलाले बुर्का वा हिजाब लगाएको विषयमा कहिले पनि प्रश्न उठाएनन् न आलोचना नै गरेका थिए ।

Back to top