×

रौतहट २८ साउन । निर्माण व्यवसायी संघ रौतहटको ७ औं साधारण सभा शनिवार सुरु भएको छ ।

साधारण सभाको उदघाटन मन्तव्य राख्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले निर्माण व्यवसायी संघले भोग्दै आएको पिडालाई मध्यनजर राख्दै सार्वजनिक खरिद एनलाई व्यवस्थित बनाउन नेपाल सरकार संग माग गरे ।

विभिन्न समयमा आएको रोग व्याधीको कारण निर्माण व्यवसायीहरु प्रभावित भएको हुदा समय सापेक्ष सार्वजनिक खरिद एनमा संशोधन गर्नुपर्नेमा जोड दिए ।

डिउटी फ्रिबाट आएका मेशिनहरुलाई व्यवसायीलाई एम पटम उपलब्ध गराउनुपर्ने छ । मूल्य वृद्धिलाई हेर्दै साना व्यवसायीलाई मुल्यांकन गर्नु पर्छ र त्यसलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

साना व्यवसायीलाई २ करोड सम्म काम गर्नुपर्ने प्रवधान ल्याईएको हुदा ठुला व्यवसायीको घर चहार्दै हिड्नु पर्ने अवस्थालाई १२औं संसोधनले समाप्त पारेको अध्यक्ष सिंहले जानकारी दिए साथै साधारणसभाको पूर्ण सफलताको कामना गरे ।

जिल्ला अध्यक्ष दयाराम साहको अध्यक्षता सम्पन्न उदघाटन सत्रमा महासंघका पदाधिकारीहरु, गौर नपाको मेयर शम्भु साह, मौलापुर मेयर रिना साह, दुर्गा भगवती गाउँ पालिका अध्यक्ष शम्भु सिंह, प्रदेश साँसद धनलाल ठोकर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको निर्माण व्यवसायी अरविन्द जयसवाले जानकारी दिए ।

Back to top