×

 बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ ।

बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात गरेकी थिइन् । सन् २०२० मा उनले दक्षिण भारतीय फिल्म ‘त्रिविक्रम’बाट डेब्यु गरेकी थिइन् । उनले महेश बाबु र वरुण धवनसँग पनि केही विज्ञापनमा काम गरिसकेकी छन् ।

आकांक्षा र टाइगरले ‘कैसेनोवा’मा काम गरिसकेका छन् । यसअघि यी दुवैले ‘आईएम अ डिस्को डान्सर २.०’मा पनि काम गरिसकेका छन् । टाइगरले करिअरको सुरुवात २०१४ को फिल्म हिरोपन्तीबाट थालेका थिए ।

Back to top