×

अर्जेन्टिनाका लिजेन्ड फुटबलर लियोनेल मेसी र ब्राजिलका स्टार खेलाडी नेयमार बालोन डी’ओरको रेसमा पहिलो चरणबाट नै बाहिरिएका छन्। 

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फवार्डरद्वयले अन्तिम ३) को प्रारम्भिक सूचीमानै आफूलाई पार्न असफल रहे।

सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनबाट नै  बाहिरिए। फ्रान्स फुटबल म्यागजिनले पेरिसमा १७ अक्टोबर २०२२ मा प्रदान गर्दै आएको अवार्डका लागि ३) जनाको नाम सार्वजनिक गर्दा यी दुई स्टार फुटबलर भने सुरुवाती ‘लाइनअप’मा नै अटाउन सकेनन्। 

१६ वर्षपछि मेसी पहिलो पटक सुरुवाती रेसमा परेनन्। 

अवार्ड कतारमा विश्वकप सुरु हुनुअघि प्रदान गरिने भएकाले स्वाभाविक रूपमा चासोका साथ हेरिएको छ। यो पटक मेसीको पिएसजी च्याम्पियन्स लिगको प्रि(क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग पराजित हुँदै बाहिरिँदा उनको प्रदर्शन बिर्सनलायक रहेको थियो। च्याम्पियन्स लिगबाट पिएसजी बाहिरिएसँगै यो वर्षको मेसी र नेयमारको सम्भावना कमजोर हुने आँकलन गरिएको थियो।

रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान करिम बेन्जमा यो पटक सर्वाधिक उच्च दाबेदार मानिएका छन्। उनी शीर्ष ३) मा अटाउन सफल रहे। रियलबाट ६ खेलाडी मनोनयनमा पर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६–६ खेलाडीले स्थान बनाएका छन्।

मनोनयनमा परेका खेलाडी

करिम बेन्जमा  रियल म्याड्रिड),  थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड),  क्यासमिरो  (रियल म्याड्रिड),  लुका मोड्रिच (रियल म्याड्रिडै),  एन्टेनियो रुडिगर (रियल म्याड्रिड र चेल्सी), मोहम्मद सलाह (लिभरपुल),  ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल),  लुयस डियाज (लिभरपुल),  फाविन्हो (लिभरपुल),  डार्विन नुनेज (लिभरपुल र बेन्फिका) , भर्जिल भान डाइक (लिभरपुल),  रियाद महारेज (म्यानचेस्टर सिटी),  बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी),  फिल फोडेन (म्यानचेस्टर सिटी),  केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी),  

क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (डर्टमुन्ड र म्यानचेस्टर सिटी)  रोबर्ट लेवान्डोस्की (वार्यनम्युनिख र बार्सिलोना), सन  ह्युङ मिन (टोटेनहम),  ह्यारी केन (टोटेनहम),  योसुवा किम्मिख (बायर्न म्युनिख),  साडियो माने (बायर्न म्युनिख रलिभरपुल),  राफयल लियो (एसी मिलान),  मेक मेइगनान (एसी मिलान),  क्रिस्टोफोर एनकुकु (लाइप्जिङ),  क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी),  हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)।
 

Back to top