×

जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले  अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ ।​ जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो ।

जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्ता गरेका छन् । यसको ट्याल्कम पाउडरमा एस्बेस्टोस भएको र यसले पाठेघरको क्यान्सर विकास गराउने उनीहरुको आरोप छ । तर कम्पनीले दशकौँको  स्वतन्त्र अनुसन्धानले उक्त उत्पादन प्रयोग गर्न सुरक्षित भएको बताउने गरेको छ ।

‘विश्वव्यापी रुपमा दशकौंसम्म स्वतन्त्र रुपमा वैज्ञानिकहरुले गरेको अनुसन्धानले ट्याल्कयुक्त जोनसन बेबी पाउडर प्रयोगका लागि सुरक्षित भएको र यसमा एस्बेस्टोस नभएको तसर्थ यसले क्यान्सरको विकास गराउँदैन भन्ने तथ्यलाई हामी पनि विश्वास गछौँ,’ यसमा भनिएको छ ।

सन् २०२० मा जे एन्ड जेले अमेरिका र क्यानडामा मागमा कमी आएका कारण बेडी पाउडर प्रयोग नगर्ने बताएको थियो । त्यतिबेला कम्पनीले बेलायत र अन्य देशमा आफ्नो उत्पादन बिक्रीका लागि राखिने जानकारीसमेत दिएको थियो ।

Back to top