×

भारतले पाँचौँ टी २० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ ।

पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौ खेलमा निकालेको जितपछि भारतले शृंखला ४-१ ले जित्यो ।

भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.४ ओभरमा मात्र एक सय रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि सिमरोन हेटमायरले ३५ बलमा पाँच चौका र चार छक्का मद्दतमा ५६ रन जोडे । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनको योगफल तयार पारेको थियो । भारतका लागि श्रेयष एैयरले ४० बलमा आठ चौका र दुई छक्काको मद्दतमा ६४ र दिपक होड्डाले ३८ रन जोडे ।

वेस्ट इन्डिजका ओडिन स्मिथले तीन तथा डोमिनिक डार्क, जेसन होल्डर र हेडेन वाल्सले समान एक विकेट लिए ।

Back to top