×

वीरगञ्ज २१ साउन । पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद एवम जनता समाजबादी पार्टी नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियारले सडकको उद्धघाटन गरेका छन् । 

पर्साको  जगरनाथपूर गाउँपालिका वडा नम्बर ६ बहुअरी परसौनीमा नव निर्मित सडकको रौनियारले उद्धघाटन गरेका हुन् । 

उद्धघटन कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य मन्जुर अन्सारी, जनता समाजबादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य मोहनलाल चौधरी, जसपा यूवा नेता शिव कुमार साह, नेपाल शिक्षाक महासंघ पर्साका सह–अध्यक्ष एवम शिक्षक नेता भरथ गिरी, शिक्षक मुकलेश गद्दी लगायतको सहभागिता रहेको थियो ।

Back to top