×

वीरगञ्ज, २१ साउन । वडा प्रहरी कार्यालय बिर्ताले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय रहमत हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।

चेक अनादार मुद्दामा ९ फागुन २०७५ मा पर्सा जिल्ला अदालतबाट २ हजार जरिवाना र १५ मंसिर २०७७ मा विगो भराउ मुद्दाको फैसला अनुसार १ वर्ष कैद र २१ पुष २०७८ मा चेक अनादार मुद्दाको ३ हजार जरिवाना गरेर ३ वटा शीर्षकमा कसूर गरेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लका अनुसार फरा प्रतिवादी हुसेनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका हुसैनलाई पर्सा जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक मल्ले बताए ।  
 

Back to top