×

वीरगञ्ज २१ साउन । पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियार जनता समाजबादी पार्टीका केन्द्रीय राजनीतिक सदस्यमा मनोनित हुनुभएको छ ।

यसै गरि पर्सा जिल्लाबाट जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिमा ११ जना सदस्य अटाएका छन् । 

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ११ जना पार्टीको केन्द्रीय समितिमा अटाएका हुन् ।

असार २८ र २९ गते वीरगञ्जमा चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले डा.बाबुराम भट्टराईसहितका पदाधिकारी सदस्यलाई निष्कासन गर्दै पदाधिकारी सदस्य विस्तार गर्ने निर्णय गरेअनुरुप सदस्य मनोनित गरिएको हो । 

Back to top