×

वीरगञ्ज, २० साउन ।  वीरगञ्जको रानीघाटस्थित जिवनज्योती माद्यामिक विद्यालयमा किशोरी स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

जिवनज्योती माविमा अध्ययनरत छात्राहरुलाई प्रजनन स्वास्थ्य एवम् महिनावारी सम्बन्धी जानकारी दिने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापिका मिनाक्षी गुप्ताले बताइन् । 

विद्यालयका सञ्चालक शिब गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रभु अस्पतालकी सञ्चालिका एवम् स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाले प्रशिक्षण दिएकी थिइन् । 

No description available.

उनले महिनावारीको समयमा किशोरीहरुको स्वास्थ्यमा देखिने शारिरीक परिवर्तन र उक्त समयमा स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिएकी थिइन् । 

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यका लागि स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकलाई विद्यालयमै बोलाई विद्यार्थीहरुसँग राखिएको प्रधानाध्यापिका मिनाक्षी गुप्ताले बताइन् । 
सो अवसरमा विद्यार्थीहरुले आफुलाई देखिएका स्वास्थ्य समस्याका सम्बन्धमा जिज्ञासा समेत राखेका थिए । 
No description available.

Back to top