×

वीरगञ्ज, २० साउन ।  पर्सा जिल्लाबाट जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिमा ११ जना सदस्य अटाएका छन् । 

नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ११ जना पार्टीको केन्द्रीय समितिमा अटाएका हुन् ।

मुख्यन्त्री राउतलाई पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यमा मनोनित गरिएको छ । कार्यकारिणी सदस्यमा अटाउने पर्सा जिल्लाबाट मुख्यमन्त्री राउत मात्रै हुन् । 

वन तथा वातावरण मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर ३ का निलम्बीत प्रतिनिधी सभा सदस्य हरिनारायण रौनियार, मोहनलाल चौधरी र बालकिशोर यादवलाई पार्टीको केन्द्रीय राजनीतिक समिति सदस्यमा चयन गरिएको छ । 

केन्द्रीय सदस्यमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रदेश सभा सदस्य करिमा बेगम, नेता जनार्दन यादव, फिरोज मन्सुर, सलमा खातुन र सिपु तिवारी मनोनित भएका हुन् ।
असार २८ र २९ गते वीरगञ्जमा चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले डा.बाबुराम भट्टराईसहितका पदाधिकारी सदस्यलाई निष्कासन गर्दै पदाधिकारी सदस्य विस्तार गर्ने निर्णय गरेअनुरुप सदस्य मनोनित गरिएको हो । 
 

Back to top