×

वीरगञ्ज, २० साउन ।  गायक प्रताप दास र गायिका सरिता भारतीको आवाजमा सजिएको ‘तिम्रो मायाले न हो’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित कर्णालीका विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियो ओएसआर डिजिटलबाट रिलिज गरिएको होे । 

मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा छायाँकार दिब्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतारेका छन् । 

देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गरेका छन् । चलचित्रका लागि भनिएको यो गीतलाई बिलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु)ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ । 

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । उनीहरुको अभिनय निकै आकर्षक छ । काठमाडौंबाट चार दिनको यात्रा पछि सो स्थान पुगेर भिडियोको छायाँकन गरिएको भिडियोका निर्देशक डब्बु क्षेत्रीले बताए ।
  
निर्देशक क्षेत्रीका अनुसार कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्न यो भिडियोको छायाँकन मुगु, अछाम र जुम्लामा गरिएको हो । कर्णाली प्रदेशमा अरु पनि मनोरम दृश्य र आकर्षक गन्तव्य भएको हुँदा चलचित्रसँगै म्युजिक भिडियो छायांकनका लागि कर्णाली अत्यन्तै उपयुक्त स्थानको रुपमा आफुले पाएको क्षेत्रीको भनाई छ । अरु निर्देशक एवम् निर्माताहरुलाई पनि सो क्षेत्रमा गएर छायांकन एवम् दृश्य निर्माण गर्न उनले सुझाव दिएका छन् 

यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ । दिलमाया मगर (एमकेएम फेसन हाउस) र चिटिक्क द फेसन स्टोरको फेसन रहेको यो भिडियो फिल्मी शैलीको बनेको छ । जसलाई बीरेन्द्र भाट विपिनले सम्पादन गरेका छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top